अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

तीन दशकपछि बाघको अध्ययन शुरु

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:१४ मा प्रकाशित

पर्सा राष्ट्रिय निकुञ्जमा तीन दशकपछि बाघको अध्ययन सुरु गरिएको छ ।राष्टिय प्रकृति संरक्षण कोष, आईयुसिएन नेपाल, युएमको प्राविधिक सहयोगमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पर्सा निकुञ्जमा बाघ संरक्षणका उपायसहितको अनुसन्धान थालिएको हो ।

सडक दुर्घटना र मानवीय क्षति रोक्न निकुञ्जभित्रको सडकमा बाघले देखाउने व्यवहार र क्रियाकलाप बुझ्न पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघको अनुसन्धान शुरू गरिएको हो ।विभिन्न द्रुतमार्ग, हुलाकी राजमार्ग, रेलमार्ग, विमानस्थल तथा विस्तारित सडक पूर्वाधारका कारण बाघ र अन्य वन्यजन्तुको बासस्थान र साँघुरिदै गएपछि बाघ तथा अन्य वन्यजन्तु दुर्घटनामा पर्ने र मानवीय क्षति बढेपछि तीस वर्षमा दोस्रो पटक बाघको अनुसन्धान थालिएको हो ।

विज्ञ तथा प्राविधिक टोलीले अध्ययनका लागि नियन्त्रणमा लिएको बाघको शरीरमा आधुनिक प्रविधिको रेडियोकलर जडान गरी, जीपीएस लोकेशनसहित जंगलमा छोडिसकेको र सो बाघको गतिविधि अध्ययन सुरु भएको जनाइएको छ । हाल पर्सा राष्ट्रिय निकुञ्जको करिब १६ हजार हेक्टर क्षेत्रफलमा पाटेबाघ पाइन्छ भने त्यहाँ १८ वटा बाघ रहेको पर्सा निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू