अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

प्रिमियर लिग– एभर्टनद्धारा लिभरपुल २–० ले पराजित

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:०४ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एभर्टनले २–० ले हराएको छ ।गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको मर्सीसाइड डर्बीमा पाहुना टोली एभर्टनले महत्वपूर्ण जित हात पारेको हो । खेलमा एभर्टनलाई विजयी गराउन रिचार्लीसन र जिल्फी सिगुर्डसनले एक एक गोल गरे ।

सन् १९९९ पछि एभर्टनले लिभरपुललाई उसैको मैदानमा हराएको यो पहिलो अवसर हो । प्रिमियर लिगकै अर्को खेलमा चेल्सी र साउथह्याम्पटन १–१ गोलको बराबरीमा रोकिंदा वेष्ट ब्रोमले बर्न्लेसँग गोलरहित बराबरी खेलेको छ ।

गएराति फुल्हमले शेफिल्ड युनाईटेडलाई १–० ले हरायो । प्रिमियर लिगमा आज राती चार खेल हुनेछन् । शिर्षा स्थानको म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्दा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेड, एस्टन भिल्ला र लेष्टर सिटी तथा म्यान्चेस्टर युनाईटेड र न्युकासल युनाईटेड भिड्नेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू