अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

साताको पहिलो दिन सुनको भाउ बढ्यो

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:०३ मा प्रकाशित

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।शुक्रबार छापावाला सुन ८८ हजार २ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजार प्रतितोला चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया