अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

वैशाखमा चुनाव सम्भव छैन – शशांक कोइराला

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:०१ मा प्रकाशित

नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले आन्दोलनमा कम्युनिस्टहरूसँग कुनै हालतमा सहकार्य नगर्ने बताउनुभएको छ । विगतमा पनि सहकार्य गर्दा कांग्रेसलाई सधैँ घाटा तर कम्युनिस्टहरूलाई नाफा भएको उहाँको भनाइ छ ।

शैक्षिक सुधारका विभिन्न माग राखी त्रिभुवन विश्वविद्यालयमा १९ दिनदेखि अनशनरत नेविसंघको संघर्षमा ऐक्यबद्धता जनाउन त्रिभुवन विश्वविद्यालय पुगेका कोइरालाले पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा कांग्रेस अरुसँग मिल्दा त्यसको फाइदा कम्युनिस्टहरूले बढी लिएको ठहर गर्नुभयो ।

कम्युनिस्टहरू विश्वमै पलायनको अवस्थामा रहेको भन्दै कोर्ईरालाले नेपालमा मौलाउनुको पछाडि कांग्रेसको हात रहेको दाबीसमेत गर्नुभयो । वैशाखमा कुनै हालतमा निर्वाचन हुन नसक्ने उहाको ठोकुवा छ । नेकपाको सूर्य चिन्ह र पार्टीको आधिकारिकताको विषय टुंगो नलागेसम्म चुनावको तयारी भएको मान्न नसकिने कोईरालाले तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू