अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

नेपालमा २४ घण्टामा ८० संक्रमित, १२१ संक्रमणमुक्त

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:०१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ । नेपालमा १ हजार ४९४ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय २१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ८ सय ७६ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ । अहिलेसम्म देशभर २१ लाख ३९ हजार ६३४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू