अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

प्रिमियर लिगमा लिभरपुल एभर्टनसँग भिड्दै

बिआरटीनेपाल २०७७ फागुन ८ गते ८:३६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

लिभरपुलले घरेलु मैदानमा एभर्टनसँग खेल्न लागेको हो । दुई टोलीबीचको खेल राति सवा ११ बजे सुरु हुनेछ । घरेलु मैदानमा लिभरपुल सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, बलियो एभर्टनविरुद्ध लिभरपुललाई सहज जित निकाल्न कठिन हुनेछ ।

लिभरपुल २४ खेलमा ४० अंक जोडेर छैटौं स्थानमा रहेको छ । एभर्टनलाई हराएर लिभरपुल शीर्ष पाँचमा उक्लन चाहन्छ । एभर्टन २३ खेलमा ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा चेल्सीले साउथह्याम्पटनसँग खेल्नेछ । त्यस्तै बर्नलीले वेस्ट ब्रुमसँग खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू