अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

आइतवार थप १० लाख डोज खोप ल्याइने, पहिलो चरणको अभियान सोमवारसम्म

बिआरटीनेपाल २०७७ फागुन ८ गते ८:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि फेरि कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्ने बताउनुभएको छ ।आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले भारतसँग किनेको १० लाख डोज खोप आइतवार आइपुग्ने बताउनुभएको हो ।

यसअघि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यसैबीच पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो सोमवारसम्म खोप लगाइने भएको छ ।

शनिवारसम्म मात्र खोप लगाउने तालिका रहे पनि थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । दोस्रो प्राथामिकतामा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, पालिकाका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् ।

डा. गौतमका अनुसार अहिलेसम्म तीन लाख ८४ हजार जनाले खोप लगाइसकेका छन् । सरकारले फागुन २३ वा त्योभन्दा अगाडि नै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ । यस्तै सरकारले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू