अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ फागुन ८ गते ८:२८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ३ सय ५१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङख्या १ हजार ५ सय ३५ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ६९ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना सङ्क्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू