अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

बिआरटीनेपाल २०७७ फागुन ८ गते ८:१८ मा प्रकाशित

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिल अदालतले खारेज गरेको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लघंन गरेको आरोप लागेको छ ।

घातक विष खुवाइएपछि बिरामी परेका उनी गत महिना जर्मनीमा उपचार गराएररूस फर्केका थिए । रुस फर्के लगत्तै नाभाल्नी पक्राउ परेका थिए । उनले यस आक्रमणको लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आएका छन् ।

यता, पुटीनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । नाभाल्नीको रिहाइका लागि यूरोपियन मानव अधिकार अदालत (ईसीएचआर) ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिल खारेज गरेको हो ।

रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ । नाभाल्नीका समर्थकहरूले उनीमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू