अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

प्रतिनिधि सभा विघटनबारेको फैसला आउन फागुन १५ कट्दैन : नेता नेम्वाङ

बिआरटीनेपाल २०७७ फागुन ८ गते ८:०९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट सदर हुने दाबी गर्नुभएको छ ।नेकपा ओली समूहले विराटनगरमा गरेको आमसभामा नेता नेम्वाङले आफूहरुले सर्वोच्च अदालतको फैसला मात्रै कुरिरहेको र चाँडै चुनावका पक्षमा फैसला आउने बताउनुभयो । आउँदो ११ देखि १५ गतेसम्ममा सर्वोच्चबाट फैसला आउन सक्ने भन्दै नेता नेम्वाङले फैसला आउन १५ गते नकट्ने पनि दाबी गर्नुभयो ।

दुई तीहाई बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि प्रतिनिधि सभा विघटन गरेको भन्दै उहाँले चुनावको विकल्प नरहेको समेत बताउनुभयो । नेता नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट सदर हुनेमा प्रधानमन्त्री समेत ढुक्क रहनुभएको र आफूलाई पनि विश्वास रहेको बताउनुभयो । ‘प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ’ उहाँले भन्नुभयो,‘ अहिले देशै चुनावमय भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू