अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:३६ मा प्रकाशित

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखमा नियुक्त भएका झाले मधेस मामिलामा विद्यावारिधी गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार नै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखबाट तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू