अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

हवाइ भाडा बढ्यो, भोलिदेखि लागु हुने

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:३४ मा प्रकाशित

वायुसेवा सञ्चालकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको भाउ बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो ।

संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको हो । बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।

प्रतिक्रिया