अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

प्रदेश २ प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिमा काँग्रेसको विरोध

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:३३ मा प्रकाशित

सरकारको सिफारिसमा प्रदेश २ का प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिमा नेपाली काँग्रेसले विरोध जनाएको छ । अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको र आज फेरि त्यही प्रवृत्ति दोहार्याएर सरकारले प्रदेश प्रमुखको गरिमा घटाउंदै जाने काम गरेको नेपाली काँग्रेसले निकालेको प्रेश विज्ञप्तीमा भनिएको छ ।

निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार, बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको आरोप विज्ञप्तिमार्फत लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू