अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

संसद् विघटन ऐतिहासिक भुल – वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:३० मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्टले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाउनुभएको छ । उहाँले सरकार सञ्चालन गर्ने म्यान्डेट पाएको कम्युनिस्टको बहुमतको पार्टीभित्रको विवाद मिलाउन नसक्दा अध्यक्षले राजीनामा दिएर समस्या समाधान गर्नुपर्नेमा प्रतिनिधिसभा विघटन गरेर देश र जनतालाई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले धोका दिएको बताउनुभयो ।

नेता पौडेलले जनताको अथक संघर्ष र बलिदान पछि बनेको संविधानले मार्गदर्शन गरेको सोझो बाटोमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी हिँड्न नचाहँदा देश, जनता र संविधानको भविष्य धरापमा परेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार धरान उपमहानगरपालिकाद्वारा आयोजित समारोहमा नेता पौडेलले पाँच वर्षसम्म जनताले बहुमत दिएर देशमा समृद्धि ल्याउने अवसरलाई गुमाएरसंविधानलाई सडकमा छताछुल्ल पारिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले पार्टीभित्रको विवाद मिलाउन नसकेर आफू नभए कुर्सी नै फाल्ने अहंकारी र असहिष्णु प्रवृत्ति देखाउँदै ऐतिहासिक भुल गरेको पौडेलको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू