अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

हरिहर निरौलाको प्रस्तुतिमा सत्यराज आचार्यको नयाँ गीत “भरोसाको दियो” सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:१४ मा प्रकाशित

हरिहर निरौलाको प्रस्तुतिमा “भरोसाको दियो” बोलको गीत तयार भएको छ । उनैको लेखन समेत रहेको गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज भरेका छन् । विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियो सहित तयार पारिएको गीतलाई सत्यराज आचार्य स्वयंले निर्देशन गरेका हुन् भने उनकी पत्नी अनिता थापा आचार्यले उनलाई सहायक निर्देशककाे रूपमा सघाएकी छिन् । सत्यकै अभिनय समेत देख्न पाइने भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि अभिनय गरेका छन् । हरि हुमागाँईकाे छायाङ्कन अनि विकास धमलाको सम्पादन रहेको भिडियोलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू