अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

नेपालमा ९७ जना कोरोना सङ्क्रमित थप

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:२१ मा प्रकाशित

बितेको २४ घण्टामा नेपालमा नोबेल कोरोना भाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९ सय ३१ जनाको पीसीआर जाँच गरिएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १ सय १४ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार २ सय ६३ पुगेको छ । हाल एक हजार ५ सय ८३ जनामा सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ६९ हजार ६ सय १९ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ६१ जना कोरोना सङ्क्रमितले सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू