अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

तयारी अवस्थामा रहन केन्द्रीय सदस्यलाई नेकपाको प्रचण्ड–नेपाल समूहको निर्देशन

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:१९ मा प्रकाशित

नेकपाको प्रचण्ड– नेपाल समूहले आफ्ना केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहनका लागि उक्त समूहको अनौपचारिक बैठकले निर्देशन दिएको हो । पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

आजको बैठक करिब दुई घण्टासम्म चलेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसङ्घर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा जानकारी गारउनुभएको थियो । प्रचण्ड–नेपाल समूहले हिजो मात्रै केन्द्रीय सदस्यलाई नागरिकतासहित आउन आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू