अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

अस्ट्रेलियामा फेसबुकले लगायो समाचार हेर्न र सेयर गर्न नपाउने गरि प्रतिबन्ध

बिआरटीनेपाल २०७७ फागुन ६ गते ८:०६ मा प्रकाशित

फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ ।सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना वा जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढेको छ ।

बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका हुन् । यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।प्रतिबन्धले प्रविधि तथा सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि चुनौति पैदा भएको अस्ट्रेलिया सरकारले बताएको छ ।

समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।गुगल तथा फेसबुकसहितले प्रस्तावित कानून इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गरेका छन् । समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुको भनाई छ ।

अस्ट्रेलिया बाहिर रहेकाहरुले पनि फेसबुकमा त्यहाँको समाचार पढ्न पाउने छैनन् । प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो । त्यसलाई कानून बनाउनका लागि प्रक्रिया थप अघि बढाउने अस्ट्रेलियाले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू