अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

मुलुक दिन प्रतिदिन जटिलतातर्फ फस्दै गयो – पूर्वराजा शाह

बिआरटीनेपाल २०७७ फागुन ६ गते ८:०५ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले निषेध र विभेदको राजनीति शुरु गर्नाले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेका छन्।’

उहाँले प्रजातन्त्र भनेको केवल आवधिक निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र नभइ सामाजिक जीवन पद्धति समेत भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू