अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

कोरोना खोपका लागि ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी

बिआरटीनेपाल २०७७ फागुन ६ गते ८:०५ मा प्रकाशित

सरकारले कोरोना विरुद्धको खोप खरिद गर्न भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ । मन्त्रिपरिषद बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट आज स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम भुक्तानी गरेको हो । स्वास्थ्य शेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरकारको निर्णय अनुसार सेरमलाई रकम भुक्तानी दिएको जानकारी दिनुभयो ।

सेरमले दुई साताभित्र खोप पठाउने बताएको छ । उक्त खोप आएपछि फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउन सुरु गर्ने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो । खोप दुई चरणमा १०र१० लाख डोज उपलब्ध गराउने सेरमको प्रतिवद्धता छ । कोभ्याक्स सुविधा अन्तर्गतको २२ लाख डोज खोप फेब्रुअरीको अन्तिम सम्ममा नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू