अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

चिकित्सकहरुको परामर्श शुल्क वृद्धिसम्बन्धमा आफ्नो सहमति छैनः स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:३७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क वृद्धिसम्बन्धमा आफ्नो सहमति नरहेको प्रस्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा मन्त्रालयमा प्रेषित परामर्श शुल्कसम्बन्धी पत्रबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

प्रवक्ता गौतमका अनुसार यही माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा नेपाल चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको असहमति छ ।

“यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन”, डा. गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तसर्थ आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरीमात्र यस किसिमको निर्णय उचित हुने भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू