अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

संसद् विघटनविरुद्ध सबै एकजूट नभए देश झन् अस्थिरतातिर जान्छ – प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:३२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनले देशमा अन्यौल थपेको भन्दै विघटन विरुद्ध सबै एकजूट हुनुपर्ने बताउनुभएको छ । सर्लाहीको हरिपुर नगरपालिका–१, हजारविगाहमा पार्टीका जिल्ला इन्चार्ज डाचाराज वाग्लेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले सबै पक्ष एकजूट नभए मुलुक झन् अस्थिरतातिर जाने जिकीर गर्नुभयो ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संविधानको धज्जी उडाउने काम भएकाले संविधान संरक्षणका लागि सवै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । सभालाई लक्षित गरी सर्लाकीको हरिपुर, बागमती र बरहथवा नगरपालिकाले आ–आफ्नो पालिकाभित्र सार्वजनिक विदा दिएका थिए ।

ती तीनवटै नगरपालिकामा नेकपाको प्रचण्ड–नेपाल समूहका मेयर/उपमेयर रहेका छन् । वाग्ले गत माघ २१ गते बरहथवा नगरपालिका–९, स्थित मूर्तिया जङ्गलमा मृत फेला पर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू