अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

फिफा वरीयतामा नेपाल यथावत

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:३१ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो । कोरोना भाईरसको महामारीपछि नेपालले गत नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपालले एक खेलमा हार व्यहोर्दा एक खेलमा बराबरी खेलेको थियो । त्यसयता नेपालले अन्तराष्ट्रिय खेल खेलेको छैन । नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।

भुटान १८९ औं, बंगलादेश १८६ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू