अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

भारतमा किसान आन्दोलनका कारण रेल आवागमन प्रभावित

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:३१ मा प्रकाशित

भारतमा कृषि कानूनको विरोधमा विगत तीन महिनादेखि आन्दोलनरत किसानहरुले बिहीबार रेल रोकोे कायक्रम अन्तर्गत पंजाब, हरियाणा र उत्तर प्रदेशमा रेलको पटरीमा बसेर विरोध प्रदशन गरेका छन् । प्रर्दशनका कारण रेलको आवागमन प्रभावित भएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेको किसान मोर्चाले पंजाबका कैयौँ क्षेत्रमा किसानहरु रेलको पटरीमा बसिरहेको फोटो सार्वजनिक गरेको छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्मका लागि किसानहरुले देशभर रेल रोकी आन्दोलन आह्वान गरेका थिए ।

किसान आन्दोलनकारीको कार्यक्रमलाई ध्यानमा राख्दै सरकारले दिल्ली, हरियाणा, उत्तर प्रदेश तथा पञ्जाबमा सुरक्षा बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू