अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९
| Colorodo: 04:44
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग शुरुमा कटौती गर्दै पछि रोक्नुभएको थियो ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको छ । उहाँले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने बताउनुभएको थियो ।