अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद थप्न विधानको धारा निलम्बन, महाधिवेशन भदौमा

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:२४ मा प्रकाशित

नेपाली कांग्रेसले आउँदो सालको भदौ ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन गरेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिकासम्बन्धी प्रस्ताव राख्नुभएको थियो । प्रस्तावमा केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौँमा गर्ने उल्लेख थियो ।आजको बैठकले विधानको धारा निलम्बन गरेर केन्द्रीय कार्यसमितिको म्याद थप्ने निर्णय पनि गरेको छ ।

यही फागुन १९ गते केन्द्रीय कार्यसमितिको म्याद समाप्त हुँदै थियो । त्यसलाई बढाएर थप ६ महिना कार्यकाल लम्ब्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू