अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

हठात् प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई ध्रुविकरणमा लगे– काँग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:२० मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताउनुभएको छ । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उहाँले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताउनुभयो । आज नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताउनुभयो ।

साथै उहाँले अदालतले चुनाव गर भनेको खण्डमा त्यसलाई पनि स्वीकार्ने बताउनुभयो । सभापति देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने पनि दोहोर्याउनुभयो । जुलुस हेरेर फैसला गर्ने अवस्था आए काँग्रेसले जुलुस निकाल्न पनि नसक्ने देउवाको भनाई छ । आफुहरुसँग पैसा नभएका कारण ठुलो जुलुस निकाल्न नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू