अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

वाग्मती प्रदेशसभाको बैठक स्थगित

बिआरटीनेपाल २०७७ फागुन ५ गते ७:३२ मा प्रकाशित

वाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको छ । बिहान ६ः३५ बजे सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिनुभएको थियो । सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै वाग्मती प्रदेशसभाको बैठक पेचिलो बनिरहेको छ ।

पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । यसैबीच सभामुख श्रेष्ठले दलहरुबीचको सहमति अनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ । संघीयताको भावना र संविधान विपरीत प्रदेशका सभामुख संघीय सरकारको आदेशपालक बनेको भन्दै प्रचण्ड–नेपाल समूहले उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको छ । तत्काल बैठक बोलाउनुपर्ने र केन्द्रको आदेशमा नभएर परामर्श समितिमा जुट्ने सहमतिका आधारमा प्रदेशसभा चलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । बैठक अनिश्चितकालका लागि स्थगित गरिए पछि काँग्रेस र साझा विवेकशीलले पनि विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू