अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

जापानमा कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट शुरू

बिआरटीनेपाल २०७७ फागुन ५ गते ७:१५ मा प्रकाशित

जापानले कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट शुरू गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ ।

आज बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो । जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ । तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू