अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

मौसममा पर्सि देखि क्रमिक सुधार हुने

बिआरटीनेपाल २०७७ फागुन ५ गते ७:१४ मा प्रकाशित

पश्चिमी वायुको प्रभावका कारण केही दिन यता मौसममा परेको प्रभाब पर्सि देखि सुधार हुँदै जाने मौसमविदहरुले बताएका छन् । भोली पनि बिहानभर मौसममा बदली आउने र भोली साँझ र पर्सिबाट देशभर मौसम क्रमिक रुपमा सुधार हुने भएको छ ।

देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ । भोली रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले पर्सि देखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू