अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४
| Colorodo: 12:09
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ हजार ६ सय २१ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ९१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ३९४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकमा कुनै पनि कोरोना सङ्क्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ ।