अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

कांग्रेसको विरोध सभामा नेकपा ओली समूहको ढुंगामुढा, कम्तिमा ६ जना घाइते

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:३१ मा प्रकाशित

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले गरेको विरोधसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–३, पन्सेरामा भएको कांग्रेसको विरोधसभामा ओली निकटका कार्यकर्ताले नाराबाजीसहित ढुंगामुढा गरेका हुन् ।

ढुंगामुढा प्रहार हुँदा नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, सुरेश बिष्ट लगायत ६ जना भन्दाबढी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू