अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

भ्याट छलेको आरोपमा ९१ करोड रुपैयाँ बिगो मागदाबीसहित १३ जनाविरुद्ध मुद्दा दायर

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:३० मा प्रकाशित

नक्कली तथा झुटा भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोपमा सर्लाहीका १३ जनाविरुद्ध विशेष अदालत पाटनमा मुद्दा दायर भएको छ । राजस्व छलेको आरोपमा ११ वटा फर्मका १३ जना सञ्चालकविरुद्ध ९१ करोड ३० लाख रुपैयाँ बिगो तथा जरिबानाको माग गरेर मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

सुबोध साह, सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेस पट्टेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम, मोतिलाल सहनी, कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुद्दा दायर भएको विभागले जनाएको छ । उनीहरूले वस्तु तथा सेवाको खरिद नै नगरि सरकारबाट छुट लिएको र राजस्व छलेको विभागको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू