अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

बीबीसी प्रभावशाली महिलाको सुचीमा समावेश सपना रोका मगरलाई धम्काउने विनयजङ्ग बस्नेत पक्राउ

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:२७ मा प्रकाशित

बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

विनयजङ्गले सपना रोका मगरका नग्न तस्बिर र भिडिओ आफूसँग भएको र ती तस्बिर तथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै आएका थिए । सपनाले आइतबार बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो । सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव जलाउने समाजसेवाको काम गर्दै आएका छन् । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू