अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

राष्ट्रपति जो बाइडेनद्धारा विवादास्पद कारागार ग्वान्टोनामो बे बन्द गर्ने तयारी

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:२६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्युवामा रहेको निकै नै विवादास्पद कारागार ग्वान्टोनामो बे बन्द गर्ने प्रक्रिया अघि सार्नुभएको छ ।राष्ट्रपतिय निर्वाचनका क्रममा सो कारागार बन्द गर्ने आफ्नो योजना बताउनुभएका बाइडेनले कारागार बन्द गर्ने लक्ष्यका साथ प्रक्रिया थाल्नुभएको हो । आफ्नो कार्यकाल सकिनु अघि नै राष्ट्रपति बाइडेनले यो कारागार बन्द गरिसक्ने निर्णय लिनुभएको छ ।

यसअघि अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले ग्वान्टोनामो बे बन्द गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन । सो कारागार बन्द गर्नु पर्ने आवाज वषौंदेखि उठाइरहेको मानवअधिकार संगठनहरुले बाइडेनको यो कदमको स्वागत गरेका छन् । सन् २००१ को ११ सेप्टेम्बरमा भएको अमेरिकी हमलापछि अमेरिकाले क्युवामा यो कारागार खोलेका हो । जहाँ अधिकांश पाकिस्तानी र अफगानिस्तानी आतंकवादीहरु रहेका छन् ।

विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी कैदीहरु रहेको ग्वान्टोनामो बे शारीरिक यातना दिने कारागारका रुपमा विश्वमै परिचित छ । हाल ४० जना कैदी रहेको ग्वान्टोनामो बेमा सन् २००१ को अमेरिकी हमलाका मुख्य योजनाकार शेख मोहमद पनि रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू