अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

कांग्रेसलाई डा. भट्टराईको प्रश्न–‘ओलीले सेटिङमै संसद विघटन गरेका हुन् त ?’

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:२४ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव भन्ने हुनु दुःखद भएको बताउनु भएको छ ।भट्टराईले चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुखद भएको बताउनु भएको हो ।

काँग्रेस नेतृत्वले चुनावमा जाने या असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने भन्ने निर्णय गर्न नसकिरहेका समयमा भट्टराईको यस्तो कुरा आएको हो । काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताले चुनावमा जानुपर्ने बताउँदै आउनुभएको छ ।मंगलबार ट्विट गर्दै अध्यक्ष भट्टराईले चुनाव भनेको ढिलोछिटो हुने नै हुँदा ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा गए संविधान धरापमा पर्ने तर्क गर्नुभयो ।

संसद पुनर्स्थापनापछि चुनावमा जाँदा पनि काँग्रेसको दुवै हातमा लड्डु हुने कुरा काँग्रेसले किन नबुझेको उहाँको प्रश्न छ । ओलीको असंवैधानिक कदम नसच्चिई काँग्रेसका केही नेताले चुनावलाई महत्व दिएकोमा कतै यो सब सेटिंग नै त हैन भट्टराईले आशंका व्यक्त गर्नु भएको छ ।काँग्रेसमा संस्थापन पक्ष अदालतको निर्णय कुर्दै चुनावमा जानुपर्ने बताइरहेको छ भने यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जानुपर्ने अडानमा छन् ।

आन्दोलनमा जानुपर्ने बहुमत केन्द्रीय सदस्यको मतलाई सभापतिले टार्न नसकेका कारण काँग्रेस आन्दोलनमा गएजस्तो गरिरहेको छ । तर सभापति देउवाले भने पार्टी चुनावमा जानुपर्ने तर्क गर्दै आउनु भएको छ । काँग्रेसमा चुनावमा जाने या प्रतिगमनविरुद्ध आन्दोलन गर्नेमा मतमतान्तर भएकाले काँग्रेसको आन्दोलन सशक्त हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू