अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

गृहमन्त्रीको दाबी– ’भागरथीको हत्यारा नजिक पुगिसक्यौं’

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:२३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षिय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दोषीनजिक प्रहरी पुगेको दाबी गर्नुभएको छ । उहाँले उक्त घटनाका दोषीलाई छिट्टै कानूनी कठघरामा उभ्याउने समेत प्रतिबद्धता समेत जनाउनुभएको छ ।

महिला हिंसाका घटना बढेकाले हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एसोसिएसन महिला समितिको नेतृत्वमा मंगलवार गृहमन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले उक्त घटनामा सरकार गम्भीर रहेको बताउनुभयो । कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुंगोमा पुर्याउने गरी छानबिन प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

सो क्रममा महिला कानून व्यवसायीहरूले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू