अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

च्याम्पियन्स लिगमा बार्सिलोना र पीएसजी भिड्दै

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:१८ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लिगमा मंगलबार राति स्पेनिस क्लब बार्सिलोनाले आफ्नै मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी सँग प्रतिस्पर्धा गर्दैछ ।बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल राति १ः४५ मा सुरु हुनेछ । लियोनल मेसीको कप्तानीमा उत्रने बार्सिलोना यो सिजन खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

तर, ला–लिगको पछिल्लो खेलमा फराकिलो जित निकालेको बार्सिलोना आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । यता नेयमारविना नै मैदानमा उत्रने पीएसजी बार्सिलोनासँग सन् २०१६÷१७ को च्याम्पियन्स लिगको अन्तिम १६ मा व्यहोरेको फराकिलो हारको बदला लिने योजनामा छ । त्यतिबेला पहिलो लेगमा ४–० को जित निकालेको पीएसजीले दोस्रो लेगमा ६–१ को हार व्यहोरेको थियो ।

आजको खेलमा केलियन एम्बाप्पेले पीएसजीको लाइन सम्हाल्ने छन् । बार्सिलोनामा भने एन्टोनी ग्रिजम्यान, पेड्रीलगायतका खेलाडीकासाथ मैदानमा उत्रदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू