अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

भारतको मध्य प्रदेशमा बस दुर्घटना – कम्तीमा ४२ जनाको मृत्यु, १८ जना अझै बेपत्ता

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:१७ मा प्रकाशित

भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा आज बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको बताइएको छ ।

बसमा ६० जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्य प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ४२ जनाको शव निकालिएको छ । नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् । अझै पनि १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनाको खबरसँगै राज्य सरकारले मंगलबारका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू