अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

सर्वोच्व इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:१४ मा प्रकाशित

प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरीको बहस आजदेखि सर्वोच्व अदालतमा शुरु भएको छ । अदालतका साथीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताउनुभएको छ । संवैधानिक इजलासलाई राय दिँदै उहाँले सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको भएको बताउनुभयो ।

कार्कीले संविधान निर्माणका क्रममा के छलफल भएको थियो भन्नेमा नभई के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव पनि दिनुभयो । राज्यका निकायका कार्यक्षेत्रको संविधान सम्मत व्याख्या हुनुपर्ने बताउनुभएका उहाँले संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्था अनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने राय दिनुभयो ।

नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्था, गणतन्त्रको व्यवस्थामा जाने लेखिएको भन्दै राजतन्त्रको व्यवस्थामा संविधान नआएको पनि धारणा राख्नुभयो । संसदीय व्यवस्थामा संसद्को पहिलो काम सरकार गठन गर्ने, सरकार संसद् प्रति उत्तरदायी र जवाफदेही हुने मान्यता रहेको उहाँको भनाइ थियो । संसद्को विघटन संविधानले सिद्धान्ततः स्वीकार गरेको तर त्यसका लागि सर्त रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू