अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

निर्वाचन आयोगले सुर्य चिन्ह फ्रिज गर्दैन – प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:१३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले मङ्गलवार आयोजना गरेको अन्तरक्रियामा उहाँले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताउनुभयो । निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उहाँले गर्नुभयो ।

अहिलेको सरकारले चुनाव नगराउने दाबी गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताउनुभयो । बाँकी रहेको दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन नचाहेको उहाको भनाई थियो । अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने स्पष्ट पार्दै उहाँले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताउनुभयो । पत्रकारका एक प्रश्नमा उहाँले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू