अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ३ गते ९:४६ मा प्रकाशित

प्रणय दिवसको अवसर पारेर प्रेमिल गीत ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । माया गर्नेहरूका लागि समर्पित गरिएको गीतको शब्दले प्रेमभाव व्यक्त गर्छ । फेब्रुअरी १४ मा सार्वजनिक गरिएको गीतमा दुई पुस्ताको प्रेम दुनियालाई देखाइएको छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन् ।

सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको सङ्गीत रहेको छ भने यसमा शिव परियार र बानीका प्रधानले स्वर दिएका छन् । गीत बनेको शब्दलाई सङ्गीतको मिठास अनुसार नै शिव र बानीकाले स्वर राखेका छन् । भिडियोलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भाव अनुसार तयार गर्ने कोसिस गरेको निर्देशक भट्टराईले बताए ।

‘हामीले पुस्तान्तरण भए पनि जिन्दगीमा रहने प्रेमको महत्त्वलाई देखाउने प्रयास गरेका छौँ’ निर्देशक भट्टराईले भने, ‘गीतमा दुई पुस्ताको प्रेम प्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । उनले पनि कोरियोग्राफीलाई शब्दको भाव अनुसारनै सरल किसिमले प्रस्तुत गरेको बताइन ।

गीतमा पासांग टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, कृष्ण भण्डारीको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन, रिवाज कार्कीको भिएपएक्स रहेको छ ।

प्रतिक्रिया