अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

निर्वाचन भए चुनावमा जान्छौ: अध्यक्ष ढकाल

बिआरटीनेपाल २०७७ फागुन ३ गते ९:२९ मा प्रकाशित

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल परिवार दल काठमाडौँ प्रदेश १ सम्पर्क समितिद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भए पनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताए उनले सबोच्चले निर्वाचनमा जाने आदेश दिए परिवार दलले निर्वाचनमा भाग लिने समेत बताए ।

ढकालले परिवार दल जातीय क्षेत्रीय,धार्मिक राष्ट्रवाद नभई नेपाली राष्ट्रवादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रवाद भनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एक मात्र उद्देश्य नेपाली जनताको सपना साकार पार्ने उद्देश्य बोकेको बताए । उनले नेपाली राष्ट्रवाद र सपनालाई साकार बनाउन सबै नेपालीहरूलाई अपिल गरे ।

पूर्व मन्त्री ढकालले देशका राजनैतिक दलहरू तथा नागरिकहरूका बिच तीव्र ध्रुवीकरण भएको प्रति चिन्ता व्यक्त गर्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरे । ढकालले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताउँदै परिवार दल नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथ गदै अगाडि बढेको बताए ।

अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरूले जनतालाई पटक पटक धोका दियकाले अब वैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउँदै परिवार दल सोही कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाई बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवश्यकता भएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताए ।

दलका महामन्त्री विनोद डाँगीले परिवार दलले अङ्गीकार गरेको अग्र पन्थी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्वाचनको लागी तयार रहन आग्रह गरे । डाँगीले नेपाली जनताका हरेक दुखमा निस्स्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरूको जानकारी दिए । परिवार दल भूकम्प,शितलहर, बाढीपिति तथा कोभिड सङ्क्रमणको बेला जनताको घर घरमा पुगेर सहयोग गरेको बताए । उनले परिवार दलको पहलमा विद्यालय समेत निमार्ण भएको जानकारी दिए ।

परिवार दलका प्रवक्ता सन्तोष कुमार पौडेलले नयाँ बिचार दिएर हिँडेको राजनीतिक दललाई ठुला भनाउँदा दलहरू उठ्न नदिएको बताउँदै जनतालाई सडकमा ल्याएर शक्ति प्रदर्शन गदैमा कुनै राजनीतिक दल ठुलो नहुने बताए । भविष्य भएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युवाहरूलाई आबद्ध हुन आह्वान गदै नयाँ पुस्तालाई आशा दिने दल परिवार दल भएको बताए ।

दलकी कोषाध्यक्ष एवम् संविधान सभा सदस्य मिलन कुमारी राजवंशीले महिलाहरूलाई राजनीतिमा लाग्न अभिप्रेरित गदै नेता भन्दा जनता चलाख भइसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बत्ताइन । उनले नयाँ बिचारको लागि नयाँ नेतृत्वका साथ परिवार दल अगाडि बढेकोले शान्तिवादी पार्टीमा आबद्ध हुन सबैलाई आव्हान गरिन । दलका केन्द्रीय सदस्य विजय कटेल दलका केन्द्रीय सल्लाहकार केशव प्रसाद चौलागाई , गोविन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, गणेश कुमार श्रेष्ठ, सन्त बहादुर पन्त, लगायत सहभागी रहको थियो । भेलाले नेपाल परिवार दल काठमाडौँ प्रदेश १ सम्पर्क समितिको संयोजकमा ढुण्डीराम खनाललाई चयन गरेको छ ।

कलाकारलाई परिवार दलको सम्मान
लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरूलाई सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले उनीहरूलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा मिस राजंबशी २०१८ की सेकेन्ड रनरअफ,मिसग्रेस काठमाडौँ २०१९ की सेकेन्ड रनर अप मोडल मनीषा राजवंशी साहित्यकार सुशीला शर्मा, गायिका प्रतिमा कटेल, कलाकार ज्योति खड्का, कलाकार साहित्यकार विजय कटेल ,सबिता तामाङ टेलिभिजन प्रस्तोता विवश राई लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गदै परिवार दलले उनीहरूलाई सम्मान गरेको हो । सोही अवसरमा गायिका अन्जु गौतमले आफ्नो साँङगेतिक प्रस्तुति प्रस्तुत गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू