अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

प्रदीप बास्तोला र रचना रिमालको स्वरको नेपाली मैलिक काठे भाखाको गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ३ गते ९:११ मा प्रकाशित

प्रदीप बास्तोला र रचना रिमालको स्वरको नेपाली मैलिक काठे भाखाको गीत सार्वजनिक भएको छ ।

प्रणय दिवसको दिन सार्वजनिक भएको यस गीतको शब्द सङ्गीत स्वयम गायक प्रदीप बास्तोलाको रहेको छ । नेपाली मौलिक लोक भाषाको यस गीतमा सङ्गीत समायोजन सन्दीप कार्कीको रहेको छ भने भीषण मानन्धरले यसलाई मिक्सिङ गरेका छन् ।

पारिवारिक कथा बस्तुलाई आधार बनाएर यस गीतको म्युजिक भिडियो समेत बानाइेएको छ ।गम्भीर विष्टको निर्देशन नवीन निरौलाको सम्पादन रहेको यस गीतमा अमृता खनाल शारदा गिरी (काली बुढी ) थाहा स्वयम प्रदीप बास्तोलाको अभिनय भएको उक्त गीत पिक स्टुडियोमा दिनेश राजबहाक र समीर कार्कीले रिकर्ड गरेका हुन । नेपाली मौलिक बाजा र नेपालीपन झल्कने पीपल चौतारी बोलको यो गीतलाई आफ्नै अनलाइनले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया