अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

राष्ट्रिय महिला लिगः उपाधिनजिक एपीएफ

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:२९ मा प्रकाशित

सशस्त्र प्रहरीको एपीएफ राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुगेको छ ।शीर्ष स्थानको सशस्त्रले शत्प्रतिशत नतिजालाई कायमै राख्ने क्रममा सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा नेपाल पुलिस क्लबलाई २–१ पराजित गर्यो ।

सशस्त्रलाई जिताउन रबिना गोलेले एक गोल गर्दा अर्को गोल पुलिसकी कप्तान घिमकुमारी गुरुङको आत्मघातीबाट पाएको थियो । पुलिसका लागि अमृता जैसीले एक गोल फर्काइन् ।संघर्षपूर्ण जित हासिल गरेको सशस्त्रले १० खेलमा ३० अंक जोडेको छ । सशस्त्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग पाँच अंकको अन्तर बनाएको छ । आर्मीको १० खेलमा २५ अंक रहेको छ ।

यता, दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० ले पराजित गरेको छ । विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । जितसँगै विराटनगर ११ खेलमा १६ अंकसहित तेस्रो स्थानमा पुगेको छ । चौथो स्थानको वालिङको १४ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू