अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

“कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित हुन्न”–अर्जुननरसिंह केसी

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:२३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित नहुने बुझ्न आम मतदातासँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा पार्टीले आह्वान गरेको विरोध कार्यक्रमलाई काठमाडौंको वसन्तपुरमा सम्बोधन गर्दै नेता केसीले प्रधानमन्त्री ओलीले संविधानलाई भीरबाट खसालेको टिप्पणी गर्नुभयो ।

हिटलरले संसदमा आगो लगाएर अधिनायकवाद शुरु गरेको स्मरण गर्दै नेता केसीले नेपालमा संविधानले नै नदिएको संसद विघटन गरेर सर्वसत्तावादको थालनी भएको दाबी गर्नुभयो । सर्वसत्तावादको सपना बाकेर आएकाहरुबाट लोकतन्त्रको रक्षक हुन नसक्ने उहाको भनाई थियो । लोकतन्त्रमाथिको प्रहार र संविधानमाथिको क्षतविक्षतीकरणविरुद्ध कांग्रेस निर्भिक भएर उभिनुपर्ने भन्दै नेता केसीले कांग्रेसको यो अभियान विधिको शासन, संविधानवादको पक्षमा भएको प्रष्ट्याउनुभयो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू