अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

नेपालमा थप १ सय २२ जना कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:२१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५४१ जनामा पीसीआर परीक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।पछिल्लो २४ घण्टामा १४४ जना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू