अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

चार पूर्वप्रधानन्यायाधीशहरुद्धारा आफैं सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:२१ मा प्रकाशित

अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधान न्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्व प्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाउनुभएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।

त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्याद बाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । यस्तै अदालतमा भइरहेको बहसलाई तमासा भनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको थियो ।

अदालतको आदेशबारे जानकारी गराउन सर्वोच्च अदालतले तामेलदार खटाएको थियो । तर अहिलेसम्म तामेलदार कतै पनि पुगेका छैनन् । तामेलदार नआएपछि चार पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित भएर म्याद बुझेका हुन् । म्याद बुझे लगत्तै लिखित जवाफ पनि उनीहरुले पेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू