अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

लागुऔषधसहित ९ जना पक्राउ

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:२४ मा प्रकाशित

लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारमा संलग्न नौजना जनालाई पक्राउ गरेको छ ।लागुऔषध ब्युरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागुऔषध कारोबारमा संलग्न नौजनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई लागुऔषध एम्फेटामाइन २२२ ग्राम र नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दिलीप चौधरीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट डाइजेपाम ९२८ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन– ६८४ एम्पुल, लुपिजेसिक– ७६ एम्पुल गरी कुल नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुल र नगद ९० हजार पाँच सय रुपैयाँ बरामद गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरुले एउटै सन्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू