अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

संसद भवनमा भएको हिस्रक आक्रमणको आरोपबाट ट्रम्प मुक्त

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:१६ मा प्रकाशित

अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ ।माथिल्लो सदन सिनेटले जनवरी ६ मा संसद भवनमा भएको हिंस्रक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उहां महाअभियोगबाट जोगिनु भएको हो । सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइ पछि मतदान भएको थियो ।

मतदानका क्रममा प्रस्तावको पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो । ट्रम्पलाई दोषी ठहर्याउन आवश्यक दुई तिहाइ बहुमत अर्थात ६७ मत नजुटेपछि उहांमाथिको दोष प्रमाणित हुन नसकेको हो ।राष्ट्रपतीय निर्वाचनमा धांधली भएको आरोप लगाउदै आएका ट्रम्पले आफ्ना समर्थकहरुलाई संसद भवनमा आक्रमण गर्न उक्साएको आरोप थियो । उक्त आक्रमणमा ६ जनाको मृत्यु भएको थियो । हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महाअभियोग लागेको थियो । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू